About Us

उर्लाबारी क्षेत्रभित्रका उद्योग तथा वाणिज्य व्यापार व्यवसाय गर्ने व्यवसायहरुका बीचमा एकता सद्भाव कायम गर्दै व्यापारीहरुको हकहितको संरक्षण एवं सम्वद्र्धन गर्न साथै राष्ट्र उन्नतिमा योगदान दिने उद्देश्यले यो संघ २०४५ सालमा उर्लाबारी व्यापार प्रबन्ध समितिको नामबाट स्थापना भएको थियो त्यस पश्चायत् मिति २०६१÷०६÷१७ मा जिल्ला प्रशासन कार्यालय मोरङमा उर्लाबारी उद्योग वाणिज्य संघको नाममा दर्ता गरी सकृय रहेको छ ।

 

यस संघको कार्यक्षेत्र  

उर्लाबारी नगरपालिका क्षेत्र (जम्माः ९ वडाहरु), मोरङ
उर्लाबारी नगरपालिकाको जनसंख्याः ७०,६०५ जना
उर्लाबारी नगरपालिकाको क्षेत्रफलः ७४.६२ वर्ग कि.मि.
यस उद्योग वाणिज्य संघमा आवद्ध भएका व्यवसायहरुः १,८७६


उर्लाबारी नगरपालिकाभित्रका मुख्य बजार


१. शुक्रबारे हटिया
२. मंगलबारे हटिया (पशु बेच बिखन सहित)
३. शनिबार लाग्ने दुर्गापुरी हटिया 


यस नगरपालिकाभित्रका मुख्य उत्पादनमुलक व्यवसाय तथा उद्योगहरु

  1. च्याउ उद्योग 
  2. मत्स्यपालन उद्योग
  3. ढाका कपडा उद्योग
  4. नुडल्स् उत्पादन उद्योग
  5. बेकरी उद्योग